कारोबार


‘प्रतिभाशाली नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन चाहन्छौँ’

‘प्रतिभाशाली नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन चाहन्छौँ’

जेसन ली


जेसन ली
भदौ १३, २०७९ सोमबार १४:१८, काठमाडौँ

सीड्स फर द फ्युचर, हाम्रो सबैभन्दा लामो चलिरहेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम हो । २००८ देखि विश्वभरबाट १२ हजारभन्दा बढी विद्यार्थीहरूले यसमा भाग लिएका छन् । 

यस वर्ष हामीले नेपालबाट ७ जना प्रतिभाशाली विद्यार्थीहरूलाई बैंकक, थाइल्यान्डमा रहेको हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाएकोमा मलाई धेरै गर्व छ । टेकफरगुड प्रतियोगिताको लागि म उहाँहरूलाई र उहाँहरूको शानदार विचारप्रति शुभकामना प्रकट गर्दछु।

हुवावेमा डिजिटल प्रतिभाहरू डिजिटल विकासको आधार हो भन्ने हामी बुझ्छौं । हामी सबै १७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौँ। मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ भनेर हामी सबै सहमत हुन सक्छौँ।

यस रूपान्तरणको मुटु प्रतिभाशाली युवा व्यक्तिहरू हुनेछन्। सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरूमार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको विकास गर्न योगदान दिने आशा गर्छौं । मलाई आशा छ कि यस वर्षको टेकफरगुड प्रतियोगिताको लागि विद्यार्थीहरूले विकास गरेको विचार वास्तविकतामा परिणत होस्।

आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा हुवावे नेपालमा नयाँ प्रविधिहरू प्रस्तुत गर्न प्रतिबद्ध रहेको छ। हाम्रो लक्ष्य सधैं समाजमा भ्यालु निर्माण गर्ने रहेको छ । हामीले त्यो हाम्रा उत्पादन र सोलुसनहरू मार्फत गरेका छौं । हामी हाल सरकारी एजेन्सी, मोबाइल नेटवर्क अपरेटर, इन्टरनेट सेवा प्रदायक र निजी उद्यमहरूसँग काम गरिरहेका छौं - नेपालको प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच पुर्याउने लक्ष्यका साथ । हामी सबै आईसीटी सरोकारवालाहरूसँग ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टरहरू, क्लाउड र कम्प्युटिङ र अन्य नयाँ प्रविधिहरूमार्फत साझेदारी गरेर नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्ने आशा गर्दर्छौं।

​सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम हुन चाहन्छौं । यस वर्ष छनोट भएका ७ जना विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले खेलिरहेको भूमिका फस्ट-ह्यान्ड हेर्न सक्नेछन् । मलाई आशा छ कि उनीहरू फर्किएपछि उनीहरूले आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन् । 

(ली हुवावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालयका सहायक बोर्ड निर्देशक हुन्। यो विचार सिड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोहमा उनले राखेको मन्तव्यमा आधारित छ।)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .