कारोबार


शिवम् सिमेन्टको सञ्चालक समिति ६ जनाको हुने

५१ प्रतिशतले साधारणसभा बस्न सक्ने
शिवम् सिमेन्टको सञ्चालक समिति ६ जनाको हुने

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १६:७, काठमाडौँ

शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ। अनामनगरस्थित कम्पनीको सभाहलमा आज सम्पन्न गरिएको हो। 

कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसी सञ्चालक समितिको निर्णयबमोजिम सभासमक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित भएको कम्पनीले जनाएको छ। 

विशेष साधारणसभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धी सबै विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएका छन्। उपर्युक्त संशोधनपश्चात् कम्पनीको सञ्चालक समितिको संख्या ७ सात जनाबाट ६ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढी सेयरधनीहरुको उपस्थितिमा साधारणसभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ। 

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समयदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट ओपीसी मात्र उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ। 

उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो। 

शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको कम्पनीले जनाएको छ। 

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको उल्लेख गरेको । 

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ प्रमाणपत्रप्राप्त प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .