ad ad

कारोबार


भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १५:२३, काठमाडौँ

भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबार पठाएको नयाँ मूल्यअनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको हो।

योसहित भारतबाट लगातार ३ पटकसम्म पेट्रोलियमको मूल्य घटेर आएको हो। नेपाल आयल निगमका अनुसार अब  पेट्रोलमा करिब ४ रुपैयाँ नाफा हुनेछ। तर डिजेलमा अझै प्रतिलिटर करिब ५ रुपैयाँ घाटा नै रहेको छ।

साउन १६ गते दोस्रो पटक डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो। त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .