सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ।
उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेबिट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, यूएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ।
साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यसैगरी पहिलो पस कारोबारमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना भदौ १ देखि १५ गतेसम्म लागू हुने बैंकले जनाएको छ। क्यासब्याक योजना भदौ मसान्तसम्म लागू हुनेछ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा छन्।
36
Shares
प्रतिक्रिया