कारोबार


मध्यभोटेकोशी जलविद्युतको खुद नाफा घट्यो, गत वर्ष डेढ करोडमात्रै आर्जन

मध्यभोटेकोशी जलविद्युतको खुद नाफा घट्यो, गत वर्ष डेढ करोडमात्रै आर्जन

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०७९ सोमबार १२:५७, काठमाडौँ

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले गत वर्ष डेढ करोड खुद नाफा गरेको छ। 

कम्पनीले गत असार ३२ सम्म १ करोड ५४ लाख ९३ हजार खुद नाफा कमाएको हो। 

अघिल्लो वर्ष कम्पनीले ३ करोड ४७ लाख खुद नाफा गरेको थियो। मध्यभोटेकोशीको कुल आम्दानी ५ करोड ७६ लाख ५८ हजार रहेको छ। अघिल्लो वर्ष कम्पनीले ५६ लाख ७१ हजार मात्रै आय गरेको थियो। कम्पनीको सञ्चालन मुनाफा ७ करोड ३१ लाख ५२ हजार, कर र बोनसअघिको मुनाफा १ करोड ५४ लाख ९३ हजार रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिकीकरण गर्दा ०.२६ रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर नेटवथर्ठ ९४.९५ पैसा रहेको छ। कम्पनीका अनुसार चुक्ता पुँजीबाट वासलातमा देखाइएको सञ्चित नोक्सानीलाई घटाएर आएको रकमलाई सेयर कित्ताले भाग गर्दा आउने भागफललाई नेटवर्थ मानिएका कारण सेयरको किताबी मूल्य सय रुपैयाँबाट घटेर ९४.९५ पुग्न गएको छ।  

यो आयोजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका भएर बग्ने भोटेकोशी नदीको जलसम्पदा प्रयोग गरी निर्माण अघि बढाइएको १०२ मेगावाटको परियोजना हो। आयोजनाको निर्माणका लागि ६ अर्ब जारी पुँजी रहेको थियो। ०७८÷०७९ मा सबै सेयर बिक्री गरी सेयर पुँजी चुक्ता गरिएको आयोजनाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .