कारोबार


शिवम् सिमेन्टको आम्दानी ९ अर्ब ४५ करोड, खुद नाफा झण्डै ६९ करोड

शिवम् सिमेन्टको आम्दानी ९ अर्ब ४५ करोड, खुद नाफा झण्डै ६९ करोड

नेपालखबर
साउन ३०, २०७९ सोमबार १२:१५, काठमाडौँ

शिवम् सिमेन्ट्सको खुद नाफा घटेको छ। कम्पनीले गत वर्ष ६८ करोड ९३ लाख ९७ हजार ६ सय ४९ रुपैयाँ खुद नाफा गरेको हो। 

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख ६६ हजार १२५ रुपैयाँ खुद नाफा गरेको थियो। 

कम्पनीको गत वर्षको कुल खर्च ८ अर्ब ६३ करोड ६५ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ रहेको छ भने करअघिको नाफा ८१ करोड ४५ लाख ७ हजार २ सय ४९ रुपैयाँ रहेको छ। 

गत वर्ष कम्पनीले १४ करोड २१ लाख ८२ हजार १ सय ६४ रुपैयाँ कर तिरेको देखिएको छ। शिवम् सिमेन्ट्सले ९ अर्ब २६ करोड ३ लाख ८१ हजार १०६ रुपैयाँ सञ्चालन आय र १९ करोड ६ लाखको अन्य आम्दानी गरेको छ।

योसँगै कम्पनीको कुल आम्दानी ९ अर्ब ४५ करोड १० लाख ५१ हजार ६ सय ४४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ६६ करोड ६ लाख ६७ हजार २ सय ५८ रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .