कारोबार


स्थानीयलाई सेयर कम भएको भन्दै सान्जेन जलविद्युतको कार्यालय तोडफोड

स्थानीयलाई सेयर कम भएको भन्दै सान्जेन जलविद्युतको कार्यालय तोडफोड

नेपालखबर
साउन २९, २०७९ आइतबार १५:५१, काठमाडौँ

स्थानीयबासीलाई सेयर कम भएको भन्दै सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड भएको छ। 

रसुवाका स्थानीयहरुले सेयर कम बाँडफाँट गर्न लागेको भन्दै जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका हुन्। 

आयोजनाका एक अधिकारीका अनुसार स्थानीयहरुले अहिले पनि कार्यालय तोडफोड गरिरहेका छन्। ती अधिकारीले नेपालखबरसँग भने, ‘अहिले पनि तोडफोड भइरहेको छ, ५० जनाजति स्थानीयहरु कार्यालयमा छन्।’

उक्त आयोजनाका एक अधिकारीका अनुसार एक हुल स्थानीयहरु आएर कार्यालयको संरचनादेखि पार्किङ गरेको गाडी समेत तोडफोड गरेका हुन्। 

सान्जेन जलविद्युत कम्पनी लिमिटेड आईपीओ निष्काशनको तयारीमा छ। कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। तर स्थानीयहरुले भने १० प्रतिशतभन्दा धेरै स्थानीयलाई दिनुपर्ने माग राखेका हुन्। 

उक्त आयोजना रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित रहेको छ।  उक्त गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ का स्थानीयहरु यस योजनाको प्रारम्भिक समयदेखि नै प्रभावित भएका थिए। 

तसर्थ कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उक्त क्षेत्रका बासिन्दाक लागि १० प्रतिशतका दरले हुन आउने ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो। भदौ ५ देखि १९ गतेसम्म आइपीओ निष्काशन खुल्ला हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .