कारोबार


सुन साउन महिनाभरकै महंगो, तोलाको कति?

सुन साउन महिनाभरकै महंगो, तोलाको कति?

नेपालखबर
साउन २९, २०७९ आइतबार १२:३६, काठमाडौँ

आइतबार सुन साउनभरकै महंगो भएको छ। शुक्रबार ९७ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छापावाल सुन आइतबार ९७ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि तोलाको ९७ हजार ३ सय रुपैयाँ पुगेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ। उक्त दरमा बढेसँगै आइतबार चाँदी एक हजार २ सय ५० रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस १२.७४ अमेरिकी डलरले बढेर कारोबार भएको छ।  योसँगै अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस मूल्य १ हजार ८ सय १ दशमलव ८९ अमेरिकी डलर पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .