कारोबार


५ अंकले झरेको बजारमा कारोबार रकम पनि २ अर्ब मुनि

५ अंकले झरेको बजारमा कारोबार रकम पनि २ अर्ब मुनि

नेपालखबर
साउन २५, २०७९ बुधबार १५:५७, काठमाडौँ

सेयरबजारमा आज ५.९१ अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २०५६.८८ विन्दुमा पुगेको छ। 

२१८ वटा कम्पनीको सेयर कारोबार भएको बजारमा ४६ लाख कित्ता सेयर मात्र बिक्री भए। 

बुधबार ३६ हजार १३४ पटकको खरिदबिक्रीमा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको हो। 

आज बजारमा निकै उतारचढाव देखिएको थियो। ११ बजे खुल्नासाथ नेप्से झरेर १२ बजे उकालो लागेको सूचक फेरि घटेर १ बजेसम्म चढेको थियो। त्यसपछि फेरि उतारचढावको क्रम जारी रह्यो। ३ बजे बजार बन्द हुँदा नेप्से उक्त विन्दुमा रोकियो। 

आज कुल १३ मध्ये लगानी समूहको मात्रै सूचक हरियो रहेको छ। १२ वटा उपसूचक राताम्य रहनपुगेका हुन्। 

११९ कम्पनीको सेयर मूल्य घट्यो
सेयरबजारमा आज ११९ कम्पनीको सेयर मूल्य घटेको छ। ५६ वटाको बढेर सातवटाको उही मूल्य कायम भएको छ। आज पनि हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशत अर्थात् प्रतिकित्ता २७.५० रुपैयाँ आम्दानी गरे। यसबाहेक अन्य लगानीकर्ताले ५ प्रतिशत पनि कमाउन सकेनन्। 

त्यस्तै आज हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ५०.९८ रुपैयाँ गुमाएका छन्। अन्य लगानीकर्ताले ३.७२ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। 

बुधबार बजारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ। कोषको १० करोडको खरिदबिक्री भएको हो। कोषको सेयर प्रतिकित्ता २२ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ। 

योसँगै सेयरबजारमा आज बजार पुँजीकरण २९ खर्ब ३६ अर्ब र तरलता ११ खर्ब ९९ अर्ब हुनपुगेको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .