ad ad

कारोबार


१७ अंकले घटेर बन्द भयो सेयरबजार, १२३ कम्पनीका लगानीकर्ताले गुमाए

१७ अंकले घटेर बन्द भयो सेयरबजार, १२३ कम्पनीका लगानीकर्ताले गुमाए

नेपालखबर
साउन २३, २०७९ सोमबार १५:३५, काठमाडौँ

सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा आइपुगेको हो। 

दोस्रो कारोबार दिन १२३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० वटाको बढेको र ९ वटाको घटेको नेप्सेले जनाएको छ। 

आज २१४ कम्पनीको ४४ हजार ५ सय ५३ पटकको खरिदबिक्रीमा २ अर्ब ८५ करोड ७० लाख ७२ हजारको कारोबार भएको छ। 

आज ६५ लाख कित्ता सेयर बिक्री भएको हो। 

आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले १०÷१० प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले कमाउन सकेनन्। गुमाउनेले आज ४.३१ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। कारोबार रकममा आज पनि शिवम् सिमेन्ट नै अगाडि छ। 

आज बजार पुँजीकरण ३० खर्ब ८ अर्ब र तरलता १२ खर्ब २७ अर्ब रुपैयाँको रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .