NepalKhabar NepalKhabar

कारोबार


सातै प्रदेशमा होटलसम्बन्धी दक्ष जनशक्ति उत्पादन हुने

सातै प्रदेशमा होटलसम्बन्धी दक्ष जनशक्ति उत्पादन हुने

नेपालखबर
साउन २२ , काठमाडौँ

काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच भएको सम्झौता भएको छ। 

सातै प्रदेशमा होटल व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौं विश्व विद्यालय र नाथमबीच सम्झौता भएको हो। 

नेपालमा दक्षजनशक्ति कम भएको गुनासोलाई सम्बोधन गर्ने बताइएको छ। 

सम्झौता कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा आएका पर्यटकका लागि पर्यटकको देशअनुसारकै खाना बनाउनुपर्छ भन्ने मान्यताको अत्य गर्नुपर्ने बताए। 

उनले नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकहरुलाई नेपाली खाना खुवाउने सोच राख्नुपर्ने बताए। 

‘नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कमी छैन। नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिन्छ’, श्रेष्ठले भने, ‘अहिलेसम्म नेपाललाई सगरमाथा, गौतम बुद्ध जन्मभूमिको रुपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताए।’

उनले नेपालको पर्यटन व्यवसायको मान्यता कोरियन पर्यटक आउँदा कोरियन खाना, जापानीहरु आउँदा जापानी खाना तयार गरेर बस्नुपर्ने खालको रहेको बताउँदै अब कोरियन आउँदा नेपाली खाना बनाएर खुवाऊँ भन्ने सोचबाट जान सक्नुपर्ने बताए। 

‘नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता समेत छ। यस्ता कुराहरुलाई अनुसन्धान गरेर त्यस्ता कुराहरु ल्याउने हो भने कुनै पनि देशमा पौष्टिक आहार हाइजिनिक भन्नेभन्दा कुनै मानेमा पनि कमी छैन’, मन्त्री श्रेष्ठले भने, ‘हाम्रा तिथि र पर्वअनुसार खानाका परिकारहरु छन्। यस्तो कुराहरुमा पनि हामीले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ।’

मन्त्री श्रेष्ठले नेपालमा अत्यधिक रुपमा पर्यटकको संख्या वृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताए। 

त्यस्तै कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा.भोला थापाले नेपालले स्विस, अष्ट्रियन हस्पिटालिटीभन्दा पनि नेपाली हस्पिटालिटी खोजेको बताए।  उनले नेपालले पूर्वीय आतिथ्यलाई विश्वासमा पुर्‍याउन सक्नुपर्ने आवश्यकता रहेको बताए। 

डा.थापाले सरकार सानासाना कार्यक्रममा अल्झेर बस्नुभन्दा पनि ठूला अनुसन्धानका कार्यक्रम अगाडि बढाउनु पर्ने सुझाव दिए। 

‘हामी स्विस हस्पिटालिटी बनाउँछौँ भनेका छौँ। अष्ट्रियन हस्पिटालिटी भन्ने कुरा आए। हामीले त्यो खोजेको छैन। नेपाली हस्पिटालिटी, अथवा पूर्वीय आतिथ्यलाई संसारमा पुर्‍याउनुपर्‍यो। अबको हाम्रो लक्ष्य भनेको त्यो हो’, थापाले भने, ‘अहिले हामीले आवश्यकता पूरा गर्न स्नातक प्रोग्राममा कार्यक्रम सञ्चालन गर्दै छौँ। हामी साना योजनामा अल्झेर बस्ने होइन अनुसन्धानको स्नातकोत्तर प्रोग्राममा अगाडि बढ्यौँ।’

उनले नेपालभर भएका सबै हस्पिटालिटीलाई नियमन गरी त्यस्ता कलेजहरुलाई जनशक्ति दिनुपर्छ। त्यसरी विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्ने बताए। 

दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने विषयलाई परिवर्तन गर्नुपर्ने बताए।

साउन २२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.