कारोबार


११औँ वर्ष प्रवेशको अवसरमा एनआईबीएल एसको अफर

१० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निःशुल्क डिम्याट नवीकरण
११औँ वर्ष प्रवेशको अवसरमा एनआईबीएल एसको अफर

नेपालखबर
साउन १५, २०७९ आइतबार १७:१३, काठमाडौँ

एनआईबीएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनीले १० वर्षे सफल कार्यकालमा १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ। यस क्याप्टिल हाल ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ।

क्याप्टिल, योजना व्यवस्थापक रही ‘एनआईबीएल म्युचुअल फन्ड’अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको कम्पनीले जनाएको छ। यसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाइधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ।  साथै नयाँ बन्दमुखी योजना ‘एनआईबीएल ग्रोथ फन्ड’ नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

आजकै दिन १० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी निम्न योजनाहरु ल्याएको छ। यसअनुसार डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निःशुल्क नवीकरण हुने कमपनीको भनाइ छ। 

त्यस्तै १० रुपैयाँमा मार्केट एक्सपर्ट, व्यवस्थित लगानी योजनाको धन्यवाद अफर, लगानीकर्ताहरुमध्ये १० जना भाग्यशालीहरुलाई १० हजारबराबरको इकाइ प्रदान गरिने र यो भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिने कम्पनीले जनाएको छ।

त्यस्तै एसआईपीमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। यी सबै योजनामा शर्त लागू हुने कम्पनीले स्पष्ट पारेको छ। 

यो योजना आजदेखि यही २५ गतेसम्म लागु हुने यस क्याप्टिलले बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .