कारोबार


सर्लाहीमा अनियमित रुपमा विद्युत् कटौती हुँदा नागरिक मारमा

सर्लाहीमा अनियमित रुपमा विद्युत् कटौती हुँदा नागरिक मारमा

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १४:२, सर्लाही

सर्लाहीमा अनियमित रुपमा विद्युत् कटौती हुँदा सर्वसाधारण मारमा परेका छन्। 

केही दिनयता सर्लाहीमा अनियमित रुपमा विद्युत् कटौती हुने क्रम बढ्दै गएको हो। सानो हावाहुरी र वर्षा हुँदा सर्लाहीमा बिजुली कटौती हुने पुरानै समस्या हो। गर्मीको सिजनमा अघोषित रुपमा घण्टौँ विद्युत् कटौती हुँदा नागरिक मारमा पर्ने गरेका छन्। 

लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्रबाट वितरित विजुली छिनछिनमै कटौती हुने समस्या बढेको हो। 

विद्युत् कटौतीले उद्योगधन्दासँगै सरकारी र गैर सरकारी कार्यालयहरुको काम पनि प्रभावित भएको छ। 

नेपाल विद्युत प्राधिकरणको मलंगवा वितरण केन्द्रका प्रमुख उमेशकुमार यादवले हावाहुरी चलेर विभिन्न स्थानमा फल्ट हुँदा बिजुली अनियमित हुने गरेको बताए। 

उनले कुनै क्षेत्रमा विद्युत् प्रवाहमा प्राविधिक समस्या आउँदा सकेसम्म अन्यत्रबाटै भएपनि बिजुली सुचारु गर्ने गरिएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad