कारोबार


पहिलोपटक चीनबाट चोभार बन्दरगाह आइपुग्यो कन्टेनराइज्ड सामान

पहिलोपटक चीनबाट चोभार बन्दरगाह आइपुग्यो कन्टेनराइज्ड सामान

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १३:५९, काठमाडौँ

चोभार सुख्खा बन्दरगाहमा पहिलोपटक चीनबाट रेल र सडकमार्ग हुँदै कन्टेनराइज्ड कार्गो (सामान) आएको छ। 

यसअघि तातोपानी र रसुवा भन्सारमार्फत भन्सार जाँचपासको लागि मालवाहक सवारीसाधनहरु बन्दरगाहमा आउने गरेका थिए। 

तर यही अप्रिल ११ मा चीनको इयु सहरबाट सिधै रेल र सडकमार्ग प्रयोग गरी ४० फिटे ४ कन्टेनर चोभार आइपुगेका हुन्। 

नेपाली कम्पनीहरु पीएनपी इन्टरप्राइजेज, अम्बर एन्ड सन्स इन्टरप्राइजेज, ओमकार इन्टरनेशनल ट्रेडर्स र साहिम्स ट्रेडर्सले ल्याएका कस्मेटिक, रोल कपडा, पर्दा, स्पिकर लगायतका सामान बोकेको साउथ एसिया रेलवेका ४ कन्टेनर पहिलोपटक चोभार बन्दरगाहमा आएका हुन्। 

ती कन्टेनर यहाँसम्म आइपुग्न २० दिन लागेको थियो। 

सरकारले चीनबाट सिधै सामान कन्टेनरमा चोभारसम्म ल्याउने कानुनी प्रबन्ध गरेपछि उक्त कन्टेनर पहिलोपटक आइपुगेका हुन्। 

अर्थ मन्त्रालयले गत वर्ष कात्तिकमा राजपत्रमा सूचना निकालेर दुवै नाकाबाट आन्तरिक परिवहन गरी चोभारमा रहेको भन्सार कार्यालयमा सामान ल्याउन चाहने पैठारीकर्तालाई सडकमार्ग तोकेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad