कारोबार


बाढी र डुबान: मधेस प्रदेशमा ८० करोडभन्दा बढीको क्षति

बाढी र डुबान: मधेस प्रदेशमा ८० करोडभन्दा बढीको क्षति

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८१ बुधबार १२:३, जनकपुरधाम

हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ। यो क्षति १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको हो।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख रुपैयाँ तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाख रुपैयाँको क्षति भएको छ। 

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका  खोलाको बाढीले नौ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले हालसम्म आठ करोड रुपैयाँ निकासा गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad