नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सेयरधनीहरुलाई च्याप्ने गरी एकीकृत निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिने संस्थापक सेयरधनी र तिनका परिवारले लिने कर्जामा कडाइ गरेको हो।
बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका वा चुक्ता पँुजीको एक प्रतिशतभन्दा माथि सेयर स्वामित्व भएका लगानीकर्ताले सो बैंकबाट कर्जा तथा गैरकोषमा आधारित सुविधा नपाउने व्यवस्था गरिएको छ।
उक्त सीमाभन्दा धेरै सेयर लगानी रहेको लगानीकर्ता मात्रै नभएर तिनका परिवार वा कर्मचारीलाई समेत कर्जामा बन्देज लगाइएको छ। योसँगै त्यस्ता संस्थापक सेयरधनीहरु, सञ्चालक, कार्यकारी प्रमुख र निजको पारिवारिका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्ति धितो राखेर समेत कर्जा प्रवाह गर्न बन्देज लगाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुमा सेयरधनी, सञ्चालक तथा उच्चपदस्थहरुले कर्जाको दुरुपयोग गरेको भन्दै यसअघि नै लगानीकर्तालाई सो संस्थाबाट कर्जा लिन रोक्नुपर्ने आवाज उठ्दै आएको थियो।
राष्ट्र बैंकले सर्कुलर नै जारी गर्दै कर्जा लिन कडाइ गरेको हो। जसमा अब चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुलाई सो संस्थाबाट कर्जा लिन बन्देज मात्रै गरेको छैन, संस्थाले त्यस्ता सेयरधनीहरुको विवरण इजाजतपत्र समेत अर्धवार्षिक रुपमा सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्न निर्देशन दिएको छ।
Shares

प्रतिक्रिया