सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले सस्तो भएको छ।
बुधबार उक्त दरले घटेसँगै १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदी पनि आज ४० रुपैयाँले सस्तिएको छ।
महासंघका अनुसार आज चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।
विश्वबजारमा भने सुन २ हजार ६१९ र चाँदी ३०.६५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
873
Shares

प्रतिक्रिया