सुनको मूल्य आज ३ सय रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ३ सय रुपैयाँ सस्तो भएको हो।
योसँगै आज छापावाल सुन १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन हालसम्मकै उच्च विन्दु अर्थात् १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदी पनि आज ५ रुपैयाँले सस्तो भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ रहेको छ। अघिल्लो दिन १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६१ डलर र चाँदी २७.७९ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
243
Shares

प्रतिक्रिया