ग्लोबल


फुमियो किशिदा अब पार्टी नेताको निर्वाचन नलड्ने, जापानले नयाँ प्रधानमन्त्री पाउने

फुमियो किशिदा अब पार्टी नेताको निर्वाचन नलड्ने, जापानले नयाँ प्रधानमन्त्री पाउने

जापानका प्रधानमन्त्री फुमियो किशिदा


नेपालखबर
साउन ३०, २०८१ बुधबार १२:३, काठमाडौँ

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका लागि पुनः निर्वाचन नलड्ने निर्णय गरेका छन्।

योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको बीबीसीले जनाएको छ। 

फुमियो किशिदाले भने, ‘पार्टीलाई नयाँ सुरुवातको आवश्यकता छ।’

६७ वर्षीय किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ।

किशिदाको समर्थन जापानमा पनि घट्दै गएको छ। यसको पछाडि उनको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बताइएको छ।

यसबाहेक किशिदा सरकारले बढ्दो मुद्रास्फीति, येन (जापानी मुद्रा) घट्नेजस्ता समस्या पनि सामना गरिरहेको छ।

किशिदाको पार्टीमा पनि उनको नेतृत्वमा आमनिर्वाचन जितिने हो कि होइन भन्ने शंका व्यक्त गरिएको छ। 

निर्वाचन विश्लेषकहरूले जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टी आफ्नो छवि सफा गर्न संघर्ष गरिरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad