ad ad

कारोबार


सुनको मूल्य तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ, चाँदीको कति?

सुनको मूल्य तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ, चाँदीको कति?

नेपालखबर
साउन १८, २०८१ शुक्रबार ११:५४, काठमाडौँ

सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ। 

बिहीबार १ हजार ६ सयले बढेर १ लाख ४९ हजार ४ सय पुगेकामा आज फेरि ५ सय रुपैयाँले बढेको हो। 

यो हालसम्मकै उच्च मूल्य हो। यसअघि साउन २ गते छापावाल सुन १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने थोरैले घटेको छ। योसँगै चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा चाँँदी २८.८९ र सुन २ हजार ४६३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .