सुनको मूल्य आइतबार पनि स्थिर छ।
शुक्रबार १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो।
योसँगै आज छापावाल सुन १ लाख ४६ हजार ७ सय, तेजाबी सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छ।
आइतबार चाँदी भने २५ रुपैयाँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४११ र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
6.4k
Shares

प्रतिक्रिया