ad ad

कारोबार


सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै घट्यो

सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै घट्यो

नेपालखबर
असार ३०, २०८१ आइतबार १२:४२, काठमाडौँ

सुनको मूल्य आइतबार पनि स्थिर छ। 

शुक्रबार १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो। 

योसँगै आज छापावाल सुन १ लाख ४६ हजार ७ सय, तेजाबी सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छ। 

आइतबार चाँदी भने २५ रुपैयाँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४११ र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .