कारोबार


तोलामा ७ सय घटेको सुन आज कतिमा हुँदै छ कारोबार?

तोलामा ७ सय घटेको सुन आज कतिमा हुँदै छ कारोबार?

नेपालखबर
असार १२, २०८१ बुधबार ११:४८, काठमाडौँ

सुनको मूल्य बुधबार प्रतितोला ७ सय रुपैयाँले घटेको छ। 

२ दिन स्थिर रहेको सुनको मूल्य उक्त दरले घटेर १ लाख ४१ हजार ६ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज छापावाल सुन १ लाख ४१ हजार ६ सय र तेजाबी सुन १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी १ हजार ७ सय ९० रुपैयाँ तोलामा कारोबार भएको महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ३१२ र चाँदी २८.८५ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad