कारोबार


तोलामा १३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

तोलामा १३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

नेपालखबर
पुस १२, २०८० बिहिबार १२:५४, काठमाडौँ

सुनको मूल्य बिहीबार ह्वात्तै बढेको छ। एकैदिन सुन १ हजार ३ सय रुपैयाँले बढेको हो।

योसँगै आज छापावाल सुन १ लाख २२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख २० हजार ७ सय र १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँ महंगो भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .