भारत र चीनबीच सिधा हवाई सेवा यस महिनाको अन्त्यसम्ममा पुनः सुरु हुने सम्भावना देखिएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल पोस्टमार्फत यो घोषणा गरेका हुन्।
भारतीय विदेश मन्त्रालयका अनुसार, भारत र चीनबीचको सम्बन्धलाई क्रमशः सामान्य बनाउन दुवै देशका नागरिक उड्डयन अधिकारीहरूबीच यस वर्षको सुरुदेखि नै प्राविधिक छलफल भइरहेको छ।
छलफलको उद्देश्य भारत र चीनबीचको सिधा हवाई सेवा पुनः सुरु गर्नु र नयाँ हवाई सेवा सम्झौतामा सहमति जुटाउनु थियो।
यस विषयमा छलफलपछि भारत र चीनका चुनिएका सहर जोड्ने सिधा हवाई सेवा यही अक्टोबर अन्त्यसम्ममा पुनः सुरु हुन सक्ने कुरामा सहमति भएको छ।
भारतको विदेश मन्त्रालयका अनुसार, यो सम्झौताले भारत र चीनबीचको जनता-जनता सम्पर्कलाई अझ राम्रो बनाउनेछ।
198
Shares

प्रतिक्रिया