कारोबार


अमेरिकामा तलब वृद्धिको लाभ उच्च-आय वर्गमा सीमित: अध्ययन

अमेरिकामा तलब वृद्धिको लाभ उच्च-आय वर्गमा सीमित: अध्ययन

नेपालखबर
साउन १०, २०८२ शनिबार ७:३२, काठमाडौँ

पछिल्लो एक वर्षमा ४० प्रतिशतभन्दा बढी श्रमिकको वास्तविक आम्दानी घटेको एक श्रम बजारसम्बन्धी प्रतिवेदनले देखाएको छ। यो प्रतिवेदन बिहीबार रोजगारी खोज्ने वेबसाइटले सार्वजनिक गरेको हो। 

प्रतिवेदनअनुसार, संयुक्त राज्यमा असार महिनामा श्रमिकलाई दिइने तलब वार्षिक रूपमा २.९ प्रतिशतले बढेको थियो भने सोही अवधिमा उपभोक्ता मूल्य सूचकाङ्क २.७ प्रतिशतले वृद्धि भएको थियो।

यो सानो अन्तरका कारण करिब ४३ प्रतिशत श्रमिकको तलब मूल्यवृद्धिसँग मेल खाएन, जसले उनीहरूको वास्तविक खरिदशक्ति घटाएको छ।

प्रतिवेदनमा विश्वव्यापी महामारीपछिको अवस्थाबाट केही सुधार भए तापनि, धेरै मानिसहरू अझै पनि आवास, खाना र यातायातजस्ता आवश्यक वस्तुहरूको उच्च मूल्यका कारण समस्या झेलिरहेको भनिएको छ।

उक्त प्रतिवेदनअनुसार, तलबमा देखिएको वृद्धिको फाइदा मुख्यतया उच्च आय भएका पेसामा सीमित छ । विद्युत् इञ्जिनियरिङ, कानुनी सेवा र बजार व्यवस्थापन क्षेत्रहरूमा वार्षिक ६ प्रतिशतभन्दा बढी तलब वृद्धि भएको छ।

तर, खाना पकाउने, बालबालिका हेरचाह गर्ने तथा व्यक्तिगत सेवा दिनेजस्ता परम्परागत रूपमा कम तलब हुने कामहरूमा तलब वृद्धि घटेको देखिन्छ।

यो तलब वृद्धिमा देखिएको असमानताले कम आय भएका श्रमिकमा असन्तुष्टि बढाएको छ, जसले उनीहरूलाई दैनिक खर्च धान्न थप गाह्रो बनाएको छ।

प्रतिवेदनमा  यस्ता असमानताले संयुक्त राज्यको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने घरायसी खर्चमा असर पार्न सक्ने चेतावनी दिइएको छ। यद्यपि वस्तुको मूल्य वृद्धिमा केही कमी आएको भए पनि, तलब वृद्धिको गति सुस्त हुँदा धेरै श्रमिक अझै पनि आर्थिक कठिनाइमा छन्।

‘श्रम बजार बलियो देखिन्छ, तर यसको फाइदा सबै वर्गमा समान रूपमा पुगेको छैन’, प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad