कारोबार


गौतम अदानीको कम्पनी अमेरिकामा फेरि अनुसन्धानको घेरामा

गौतम अदानीको कम्पनी अमेरिकामा फेरि अनुसन्धानको घेरामा

भारतीय व्यापारी गौतम अदानी


नेपालखबर
जेठ २०, २०८२ मंगलबार १२:५६, काठमाडौँ

अमेरिकी पत्रिका 'वाल स्ट्रिट जर्नल' ले भारतीय व्यापारी गौतम अदानीको कम्पनीले मुन्द्रा बन्दरगाह हुँदै भारतमा इरानी तरल पेट्रोलियम ग्यास (एलपीजी) आयात गरेको थियो कि थिएन भन्नेबारे अमेरिकी अभियोजकहरूले अनुसन्धान गरिरहेको दाबी गरेको छ। 

अदानी इन्टरप्राइजेजले भने विज्ञप्ति जारी गरी रिपोर्टलाई 'निराधार' भनेको छ।

विज्ञप्तिमा कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हामीलाई यस विषयमा अमेरिकी अधिकारीहरूले गरेका कुनै पनि अनुसन्धानबारे जानकारी छैन।’

वाल स्ट्रिट जर्नलले गुजरातको मुन्द्रा बन्दरगाह र फारसी खाडीबीच चल्ने ट्यांकरहरूमा केही संकेत देखेको उल्लेख गरेको छ, जुन विज्ञहरूले प्रतिबन्ध छल्ने जहाजमा सामान्य भएको बताएका छन्।

यस विषयमा विज्ञहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा अमेरिकी न्याय विभागले अदानी समूहको प्रमुख एकाइ अदानी इन्टरप्राइजेजलाई सामान पठाउन प्रयोग गरिने धेरै एलपीजी ट्यांकरका गतिविधि समीक्षा गरिरहेको पनि उल्लेख गरेको छ। 

यो अनुसन्धान, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा इरानबाट तेल र पेट्रोकेमिकल उत्पादन खरिद गर्न पूर्ण प्रतिबन्ध लगाउने आदेश दिँदै इरानबाट खरिद गर्ने कुनै पनि देश वा व्यक्तिलाई तुरुन्तै दोस्रो प्रतिबन्ध लगाइने बताएक बेला भइरहेको हो। 

अमेरिकन जर्नलले आफ्नो रिपोर्टको सुरुमा लेखेको छ- एसियाका दोस्रो धनी व्यक्ति गौतम अदानीले आफूविरुद्ध विगतमा लगाइएका आरोप खारिज गर्न खोजिरहेका छन्।

गत वर्ष नोभेम्बरमा पनि अमेरिकामा गौतम अदानीविरुद्ध ठगी र घुसखोरीको मुद्दा दायर गरिएको थियो।

रिपोर्टमा ब्रुकलिनमा अमेरिकी वकिलको कार्यालयले गरिरहेको अनुसन्धान अदानीका लागि समस्या साबित हुन सक्ने उल्लेख गरिएको छ।साथै समाचारमा अदानीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको सहयोगीका रूपमा पनि वर्णन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad