ad ad

कारोबार


८५ हजार लगानीबाट सुरु गरेको बाख्रा पालनबाट मासिक डेढ लाख आम्दानी

८५ हजार लगानीबाट सुरु गरेको बाख्रा पालनबाट मासिक डेढ लाख आम्दानी

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १०:५९, काठमाडौँ

स्याङ्जाकाे हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षत्रीले गाउँमा व्यावसायिक बाख्रापालकको छवि बनाएका छन्। 

२०७४ सालमा वडासदस्यसमेत निर्वाचित भएका उनले केही वर्षअघि ८५ हजार रुपैयाँ  लगानी गरेर व्यवसाय शुरु गरेका थिए। उनको फार्ममा अहिले फार्ममा ७३ वटा बाख्रा छन्। बाख्रापालन मात्र होइन उनले  १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन्।

आफूले गरेको व्यवसायमा उनी पूर्णरूपमा सन्तुष्ट छन्। ‘व्यवसायबाट सन्तुष्ट छु। बाख्रापालन र केराखेतीबाट मासिक एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ’, उनले भने। आफैँ सक्रिय भएर व्यवसाय गर्ने  हो भने सफल भइने र पैसा कमाउनकै लागि विदेश नै जानु नपर्ने उनले बताए।  

फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म १५ लाख रुपैयाँ लगानी भएको छ। उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन्। ‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन। खसीबोका पोखरा पठाउँछु’, उनले भने।

क्षत्रीले अहिलेसम्म सरकारबाट अनुदान  नलिएको बताए। किसानलाई नगद नभई दानापानीमा अनुदान दिनुपर्ने उनको भनाइ छ।

गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले  क्षत्रीलगायत किसानलाई निःशुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताए।

 ‘गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए। त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो’, उनले भने, ‘यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .