ad ad

कारोबार


भूकम्पपीडितका लागि राहत सामग्री लिएर पोखरा आइपुगे दुई चिनियाँ विमान (तस्बिर)

भूकम्पपीडितका लागि राहत सामग्री लिएर पोखरा आइपुगे दुई चिनियाँ विमान  (तस्बिर)

वाशुदेव मिश्र
कात्तिक २२, २०८० बुधबार ९:५६, पोखरा

जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेका छन्।

चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

यहाँबाट उक्त राहत सामग्री सरकारको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी छ। 

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ। 

यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ। 

राजदूत सोङका अनुसार मंगलबार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ।

नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ।

जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ। 

राहत सामग्री बोकेर पोखरा आएका चिनियाँ सेनाका जहाज

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .