ad ad

कारोबार


सेनाको वैकल्पिक सूचीमा परेकालाई काठमाडौं महानगरले नगर प्रहरी बनाउने

काठमाडौं महानगरले माग्यो १३७ नगर प्रहरीको आवेदन, करारमा लिने
सेनाको वैकल्पिक सूचीमा परेकालाई काठमाडौं महानगरले नगर प्रहरी बनाउने

नेपालखबर
जेठ २९, २०८१ मंगलबार ११:४५, काठमाडौँ

काठमाडौं महानगरपालिकाले १३७ जना नगर प्रहरी करारमा राख्ने भएको छ। 

एक विज्ञापन गर्दै महानगरले नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारसँग आवेदन माग गरेको हो। 

उक्त सूचीमा समावेश इच्छुकलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने महानगरबाट जारी विज्ञापनमा भनिएको छ। 

यसका लागि नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र महानगरको प्रशासन विभागमा दरखास्त दिन सक्नेछन्। 

उक्त वैकल्पिक सूची काठमाडौं महानगरको वेबसाइटको डाउनलोडअन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको महानगरले जनाएको छ।

आवेदन दिन चाहनेले वैकल्पिक दर्ता नं. खुलेको ढाँचाअनुसारको निवेदन र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने महानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .