चीनले घोषणा गर्‍यो हङकङ र मकाउबाट पहिलो अन्तरिक्ष यात्री

चीनले घोषणा गर्‍यो हङकङ र मकाउबाट पहिलो अन्तरिक्ष यात्री

लङ मार्च-२एफ क्यारियर रकेट


नेपालखबर
जेठ २९, २०८१ मंगलबार ११:५१, हङकङ

चीनले आफ्ना विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउबाट पहिलो अन्तरिक्ष यात्रीको घोषणा गरेको छ।

चीनको अन्तरिक्ष एजेन्सीले मंगलबार हङकङका एक पेलोड विशेषज्ञ र मकाउका एक अन्तरिक्ष यात्री छनोट गरिएको जानकारी दिएको हो।

बेइजिङको यो कदमलाई हङकङका प्रमुख कार्यकारी जोन लीले हङकङको इतिहासमा गौरवशाली भएको प्रतिक्रिया दिएका छन्।

‘यो पहिलो पटक हो कि हङकङका नागरिकलाई चीनको मानव अन्तरिक्ष कार्यक्रममा पेलोड विशेषज्ञका रूपमा चयन गरिएको छ,’ लीले भने, ‘देशको अन्तरिक्ष यात्रामा योगदान दिन यो महत्त्वपूर्ण अवसर हो।’

मकाउ सरकारले पनि मंगलबार विज्ञप्तिमार्फत सहरप्रति यो सम्मान भएको बताएको छ।

दुई क्षेत्रबाट अन्तरिक्ष यात्री चयन गर्ने चीनको मानव अन्तरिक्ष एजेन्सीको निर्णयले स्थानीय समुदायबाट बलियो समर्थन र उत्साहजनक सहभागिता रहने विश्वास मकाउ सरकारले गरेको छ।

चीनले सन् २०३० सम्ममा मानवसहितको यान चन्द्रमामा पठाउने लक्ष्य राखेको छ। चन्द्रमाको सतहमा आधार निर्माण गर्ने  योजनासहित अर्बौँ डलर लगानी गरिरहेको छ। (एएफपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .