कारोबार


उद्योगी विनोद चौधरीले नवलपरासी १ बाट गरे उम्मेदवारी दर्ता

उद्योगी विनोद चौधरीले नवलपरासी १ बाट गरे उम्मेदवारी दर्ता

नेपालखबर
माघ ६, २०८२ मंगलबार १७:४३, काठमाडौँ

उद्योगपति एवं चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले यसपालि पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने भएका छन्। 

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट मंगलबार उनले नेपाली कांग्रेसबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। 

‘म राजनीतिक परिवर्तनको पक्षमा छु । आर्थिक रुपान्तरणको पक्षमा छु। र, जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु। म यहाँबाट निर्वाचित भएको तीन बर्षमा समृद्ध नवलपरासीका लागि फाउण्डेसन तयार भएको छ’, चौधरीले उम्मेदवारी दर्तापछि भने, ‘हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरी नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको छ। यस अभियानलाई पूर्णता दिन आवस्यक छ। त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारी दर्ता गरेको छु। यहाँहरुको शुभेच्छा, साथ र सहयोगका लागि सधै आभारी रहनेछु।’

२०७९ को चुनावमा चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

चौधरी २९ हजार ४९५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिष्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका थिए। त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गरेका थिए। 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ मा ८४ हजार २ सय २९ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad