नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
सचिव बस्नेतले मंगलबार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्।
बस्नेत २०७९ मा भएको निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेद्वार रहेका थिए। गत निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए भने २०७० र २०७४ सालमा भने सो क्षेत्रबाट निर्वाचित भएका थिए।
कांग्रेसले भने यस क्षेत्रबाट कविर राणालाई उम्मेद्वार बनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भइरहेको छ।
27
Shares

प्रतिक्रिया