सरकारले निजामती कर्मचारीको तलब हरेक तहमा दुई हजार रुपैयाँले बढाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै राष्ट्रसेवकको तलबमानमा उक्त दरले वृद्धि गरिएको जानकारी दिएका हुन्।
२०७८ साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलबमानमा मासिक २ हजार वृद्धि गरिएको हो।
हाल प्रदान गरिएको महँगी भत्तालाई निरन्तरता दिइएको छ।
राष्ट्रसेवकको सेवा सुविधा दक्षिण एसियाका अन्य मुलुकसँग तदम्मता कायम गर्न सुझाव पेश गर्नका लागि विशेषज्ञसहितको पे कमिसन गठन गरिने भएको छ।
निजामति कर्मचारीका सन्तानलाई गुणस्तरीय शिक्षा दिन सबै प्रदेशमा निजामति स्कुलको निर्माण गरिने छ।
यसअघि यस्ताे थियाे सरकारी कर्मचारीकाे तलबमान :
जेठ १५, २०७८, शनिबार
प्रतिक्रिया