कारोबार


सामसङ ग्यालेक्सी एस२६ प्लसको क्यासब्याक अफर

सामसङ ग्यालेक्सी एस२६ प्लसको क्यासब्याक अफर

नेपालखबर
जेठ ५, २०८३ मंगलबार ११:४७, काठमाडौँ

सामसङ नेपालले ग्यालेक्सी एस२६ प्लसले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ।

यसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६ प्लसले सामसङको प्लस डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ।

ग्यालेक्सी एस२६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ।

यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी एस२६ प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँ इन्स्ट्यान्ट क्यासब्याक पाउँछन्। यसले यसको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ रुपैयाँबाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम गरेको छ। यो अफर मंगलबार देखि सुरु भइसकेको छ भने जुन ३१ सम्म मान्य हुने कम्पनीले जनाएको छ।

यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता ४ हजार ३४१ रुपैयाँबाट सुरु हुन्छ।

ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad