कारोबार


कैलालीको विद्यालयलाई एनआईसी एसियाले दियो खानेपानी ट्यांकी र पम्प

कैलालीको विद्यालयलाई एनआईसी एसियाले दियो खानेपानी ट्यांकी र पम्प

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १५:५८, काठमाडौँ

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ।

विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको हो।

यही १६ गते एक कार्यक्रमका बीच यस बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेको बैंकले जनाएको छ। 

फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad