राजनीति


रास्वपा सांसद विपिन आचार्यले खोले ‘बिल ल्याब’

रास्वपा सांसद विपिन आचार्यले खोले ‘बिल ल्याब’

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १२:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ (बिल ल्याब) सुरु गरेका छन्।

नीति निर्माणमा नागरिकको प्रत्यक्ष, तथ्यगत र सार्थक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आजदेखि ‘विधेयक प्रयोगशाला’ सुरुवात गरिएको सांसद आचार्यले उल्लेख गरेका छन्। 

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित उनले ‘विपिन आचार्य डटकम’मार्फत संसद्‌मा दर्ता भएका विधेयक पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफादफामा सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको जनाएका छन्। 

‘अब संसद्‌मा आउने हरेक विधेयकलाई सँगै पढौँ, सँगै बुझौँ र सँगै बहस गरौँ, असर र प्रभाव: कुन दफाले तपाईंको जीवन, पेसा, व्यवसाय, समुदाय वा क्षेत्रलाई प्रत्यक्ष असर गर्छ? अस्पष्टता: कुन व्यवस्था अस्पष्ट, अपुरो वा व्यवहारमा लागु गर्न कठिन छ? समाधान: के कुरा थप्दा, हटाउँदा वा परिमार्जन गर्दा कानुन अझ न्यायपूर्ण, व्यावहारिक र जनमुखी बन्न सक्छ’, उनले लेखेका छन्, ‘तपाईंका तथ्यमा आधारित सुझाव, अनुभव र संशोधन प्रस्तावहरूलाई अध्ययन गरी सम्भव भएसम्म संसदको औपचारिक प्रक्रियासँग जोड्ने मेरो इमानदार प्रयास रहनेछ। विधेयक पढौँ, बुझौँ, छलफल गरौँ र आफ्नो सुझाव वा संशोधन प्रस्ताव ‌ विधेयक प्रयोगशालामा कमेन्टका रूपमा राखौँ। आउनुहोस्, कानुन निर्माणलाई नागरिकको साझा प्रक्रिया बनाऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad