फोनपेले ग्लोबल मनी विक २०२६ (मार्च २३–२९) को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयका बारेमा सचेत गराइएको थियो।
फोनपेले देशव्यापी रूपमा आफ्नो पहुँच विस्तार गर्दै ४ प्रदेशका ६ शहरका १२ कलेजमा १८ सेसनमार्फत १,०९० भन्दा बढी तथा ५ प्रदेशका ९ शहरका २८ विद्यालयमार्फत ४,९६१ भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ।
कार्यक्रममा मनोरञ्जनात्मक खेल, क्विज तथा नाटक जस्ता गतिविधिमार्फत विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचत र सही वित्तीय जानकारीबारे सिकाइएको थियो।
यसै अन्तर्गत आयोजित फाइनान्सियल लिटरेसी स्टुडेन्ट भिजिट कार्यक्रममा काठमाडौँ उपत्यकाका ४० भन्दा बढी विद्यार्थीहरूलाई फोनपेले आफ्नो कार्यालयमा आमन्त्रण गरी “इन्टरएक्टिभ खेलहरु साथै डिजिटल भुक्तानी र वित्तीय सुरक्षासम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
डिजिटल माध्यममा स्किट भिडियो, ‘डिजी स्मार्ट कन्भोज’, मेमे आधारित कन्टेन्ट, क्विज र स्मार्ट मनी टिप्समार्फत पनि व्यापक सचेतना फैलाइएको थियो।
फोनपेले यस्ता अभियानमार्फत सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया