कारोबार


बागमती र मधेशमा नेशनल लाइफ इन्स्योरेन्सको तालिम

बागमती र मधेशमा नेशनल लाइफ इन्स्योरेन्सको तालिम

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १७:५७, काठमाडौँ

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाई १ दिने तालिम प्रदान गरेको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुलाई धुलिखेलस्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए। 

उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडीआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएको कम्पनीले जनाएको छ। 

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत कडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफूले आत्मसात् गरेको अभिकर्ता पेसालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाई उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएक बताए। 

यो योजनामा देशैभरबाट  ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए। साथै उनले शाखास्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न सक्ने  बताए।

कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बिमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाइ अगाडि बढाउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad