कारोबार


मुक्तिनाथ विकास बैंकले गर्‍यो मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम

कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्य
मुक्तिनाथ विकास बैंकले गर्‍यो मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम

नेपालखबर
पुस २०, २०८२ आइतबार ११:५६, काठमाडौँ

मुक्तिनाथ विकास बैंकको २०औं वर्ष प्रवेशको शुभ अवसरमा बैंकले मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम यही पुस १८ गते सम्पन्न गरेको छ।

कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारको विशेष सम्बोधन रहेको थियो। उनले नेपाल सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालाहरुमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका थिए।

यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृंखलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने बारेमा प्रकाश पारे।

उनले महिला मैत्री कृषिको विकास गरिनु पर्ने, कृषिलाई प्रविधिसंग जोडेर युवा लक्षित स्वरोजगारीको व्यवस्था गर्नु पर्ने, साना किसानहरुलाई वित्तीय पहुँच अझै विस्तार गर्नु पर्ने र साना किसानहरुलाई स्तरोन्नति गर्ने कार्यमा हामी सबैले कदम चाल्नु पर्नेमा जोड दिनु भएको थियो।

नेपाल सरकारले नयाँ कृषि नीति छिट्टै ल्याउन लागेकोले कृषिको विविध समस्याहरु समाधान हुन सक्ने अपेक्षा गरेका थिए। 

त्यसै गरी विशेष अतिथि, कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले पहिले राज्य आफैले कृषि क्षेत्र विकासको लागि मूल्य श्रृङ्गखला विकास गर्ने प्रयास गरेको थियो। तर, पछि सरकारले निजीकरणको नीतिगत व्यवस्था पछि निजी क्षेत्रले आआफ्नै तवरले कार्य गर्न थाल्यौं। पूर्ण मूल्य श्रृङ्गखला तोडिन पुग्यो। तर, अब बैंक तथा वित्तीय संस्थाहरुले नै कृषि सम्बन्धी आफ्नै सहायक कम्पनीहरु खोल्न कदम चाल्न सुझाव दिनु भएको थियो। यस कार्यमा नेपाल राष्ट्र बैंकले आवश्यक समन्वय गर्न अनुरोध गरेका थिए।

उक्त कार्यक्रममा किनोट स्पिकरको रुपमा बैंकिङ्ग विशेषज्ञ अजय श्रेष्ठले “नेपालमा कृषि उद्यम लगानीको चुनौती र अवसरहरु”  विषयमा प्रस्तुति दिएका थिए। उनले कृषि ऋणमा उच्च जोखिम, कमजोर कर्जा गुणस्तर, उत्पादनशीलता र मूल्य शृंखलामा संरचनागत कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याए। हालको तथ्याङ्कले कृषि उत्पादकत्व खासै बढ्न नसकेको तर वृद्धिको लागि धेरै संभावनाहरु रहेको अन्य देशको डाटालाई तुलना गरी प्रस्तुत गरेका थिए। साथै, डिजिटल वित्तीय सेवा, मूल्य शृंखला विस्तार, कृषि बीमा तथा निजी क्षेत्रसँग सहकार्यलाई अवसरका रूपमा प्रस्तुत गरे।

सोही कार्यक्रममा प्यानल डिस्कसनको पनि आयोजना गरिएको थियो। प्यानल छलफल “नेपाल कृषि उद्यमहरुमा कसरी फस्टाउन सक्छ?” शीर्षकमा भएको थियो। उक्त छलफलको मोडरेटर बैंकिङ्ग विशेषज्ञ भुवन दाहाल थिए भने छलफलमा वक्ताको रुपमा नेपाल राष्ट्र बैंक, नियमन विभावका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका अध्यक्ष डीबी बस्नेत, तथा कृषक तथा कृषि उद्यमी बिमला आचार्य दहाल थिइन्।

यो छलफलले नियामक निकाय, वित्तीय सेवा प्रदायक, उद्योग वाणिज्य र कृषकको सामूहिक छलफल र विचार प्रस्तुतिले कृषि क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्नुपर्ने, कर्जा जोखिम व्यवस्थापनमा नीतिगत परिमार्जन गर्दै व्यावहारिक बनाउनुपर्ने, वित्तीय संस्थाहरुलाई कृषि लगानीमा बाध्यकारीभन्दा उत्प्रेरणात्मक वातावरण बनाउनुपर्ने, कृषि लगानीलाई मूल्य शृंखलासँग जोडेर सहकारिता प्रवद्र्धन गर्नुपर्ने, प्रदेश स्तरमा भण्डारण, नमूना खेती, र बजारको सुनिश्चितता गर्नु पर्ने, वित्तीय पहूँच अझै सहज बनाउनु पर्ने, महिला उद्यमीहरुलाई प्रोत्साहन गनु पर्ने, कृषि उद्यमशीलताको विकासमा स्थानीय निकायले भूमिका खेल्नु पर्ने, कृषिलाई प्रविधिमैत्री बनाउँदै लागत घटाउने र गुणस्तर बृद्धि गर्ने तर्फ जोड दिनु पर्ने, कृषि उत्पादनको आधारहरु गुणस्तरीय बीउ, मल, सिँचाइ र यन्त्र उपकरणहरुको सहज उपलब्धता हुनुपर्ने, कृषि बीमाको सहजता र व्यापकता हुनुपर्ने आदि बारेमा व्यापक छलफल भई निचोड निकालिएको थियो।  

कार्यक्रममा नेपाल सरकारको कृषि सम्बन्धी निकायहरु, कृषि क्षेत्रमा कार्य गर्ने गैरसरकारी संस्थाहरु, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कृषि कर्जा प्रमुख, कृषि गर्ने बीमा कम्पनीहरु, विश्वविद्यालयका कृषि विषयका प्राध्यापकहरु तथा अनुसन्धानकर्ताहरु, कृषि बजार केन्द्र, निजी क्षेत्र, कृषि सहकारी, कृषि उद्यमी, विज्ञ तथा मिडिया प्रतिनिधिहरु गरी करिव ३५० जनाको सहभागिता रहेको थियो।

बैंकको सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा कार्यक्रममा स्वागत मन्तव्य बैंकका सञ्चालक उमेश कुमार आचार्यले राखेका थिए भने कार्यक्रमको सारसंक्षेप टिप्पणी प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए। उक्त कार्यक्रममा कृषि सचिव राजेन्द्र प्रसाद मिश्र, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा र नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेले आफ्नो मन्तव्य राखेका थिए। 

सम्भवतः बैंकिङ्गमै पहिलो पटक आयोजना गरिएको यस्तो कार्यक्रमले कृषि क्षेत्रका सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेटी भविष्यको मार्गचित्र कोर्न सफल भएको छ भने यो कार्यक्रम एउटा कोशेढुंगाको रुपमा स्थापित भएको छ। मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण क्षेत्रको समृद्धिको लागि वित्तीय समावेशीकरण र कृषि उद्यमलाई सबल बनाउन निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad