सुदूरपश्चिम


बैतडीमा थपिए मतदाता, बढाइयो ५ मतदान केन्द्र

बैतडीमा थपिए मतदाता, बढाइयो ५ मतदान केन्द्र

नेपालखबर
पुस २०, २०८२ आइतबार १२:७, बैतडी

बैतडीमा ५ वटा मतदान केन्द्र थपिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ वटा मतदान केन्द्र थपिएका हुन्। 

यहाँको सिगास गाउँपालिका-४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका-७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका-९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका-३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका-५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो।

त्यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ। मेलौली नगरपालिका-२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो। गत निर्वाचनमा २ सय १० वटा मतदान केन्द्र रहेकामा अब भने ज्ञ सय १४  मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए। मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेको उनले बताए।
 
गएको निर्वाचनमा २ सय १० वटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २ सय १४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए। मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेका उनले बताए।

जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने छ। जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण संकलनको काम गरिहेको छ। स्थानीय, प्रदेश र संघमातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाश्रममा रहेकाहरूको विवरण संकलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जोशीले बताए।  

जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन्। यस वर्ष छ हजार २१६ मतदाता थपिएका बताइएको छ। यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad