कारोबार


एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

नेपालखबर
पुस ७, २०८२ सोमबार १८:३२, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले स्विफ्ट टेक्नोलोजिज (स्विफ्ट) सँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ।

एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सुरु गरेको हो।

यस सेवामार्फत ग्राहकहरूले हाइरार्किकल अप्रुभल मेकानिज्म, सिंगल तथा बल्क अपलोडमार्फत कारोबार गर्ने सुविधा, मेकर-चेकर प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन्। साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषताहरूसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

हाल यस कर्पोरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड बनेको छ। बैंकले यस सेवालाई बिजनेक्स नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पोरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ। बिजनेक्समार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ। यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापनलाई अझ मजबुत बनाइदिएको छ, जसले डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुर्याएको छ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युनियनपे कार्ड तथा भिसा कार्ड जारी गर्दै आइरहेको छ । एससीटी ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्टपे – आईबीएफटी (अन्तर बैंक भुत्तफनी सेवा), स्मार्ट बैंकिङ मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । विगत ३ वर्षदेखि एससीटी ले सञ्चालन गर्दै आएको स्मार्ट बैंकिङ सेवा संस्थाको रिटेल अम्नि च्यानलका रुपमा स्थापित भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad