कारोबार


दृष्टि आई केयरमा एनआईसी एसियाका ग्राहकलाई छुट सुविधा

दृष्टि आई केयरमा एनआईसी एसियाका ग्राहकलाई छुट सुविधा

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:१६, काठमाडौँ

एनआईसी एसिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।

यसबारे हस्पिटल र बैंकबीच सम्झौता भएको छ। योसँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।  

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। ईएनटी एन्ड जनरल सर्भिसअन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इन्भेष्टिगेसनमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, आँखा उपचार गर्दा ओपीडी जनरलमा २० प्रतिशत, अपरेसन चार्ज, सर्जरी प्याकेज तथा इन्भेष्टिगेसनमा ५ प्रतिशत, ल्याबोरेटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्ट्समा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।     

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। 

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad