राजनीति


भ्रस्टाचार गर्ने कार्यकारी अधिकृतलाई झट्का, विशेष अदालतमा मुद्दा दायर

भ्रस्टाचार गर्ने कार्यकारी अधिकृतलाई झट्का, विशेष अदालतमा मुद्दा दायर

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:२२, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कटहरिया नगरपालिकामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो। मिलेमतोमा सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले आज मंगलबार मुद्दा दायर गरेको हो।

कटहरिया नगरपालिकामा कार्यरत रहँदा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूले ९ लाख ९८ हजार ९२१ रूपैयाँ खाएको अख्तियारको निष्कर्ष छ।

अख्तियारका अनुसार यो भ्रस्टाचार प्रकरणका मुख्य अभियुक्त राम प्रकाश साह हुन्। अरू ६ जनाले मिलेमतोमा भ्रस्टाचार गरेका थिए।

आयोगका अनुसार आरोपितहरूले पद र शक्तिको दुरुपयोग गर्दै, आपसी मिलेमतोमा सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेका हुन्। आयोगले हिनामिना भएको बिगो रकमसहित कानुनबमोजिम सजायको मागदाबी गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad