क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ।
नेपालमा क्रम्प्टन उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।
क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर हिटिङ पर्फमेन्स र सुरक्षित हिटिङ सिस्टमका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘अकेन्जा प्लस’ र ‘सोलारियम केयर’ शृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हिटिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हिटिङ टेक्नोलोजीमा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ।
अकेन्जा प्लस सिरिज आधुनिक घरका लागि प्रिमियम हिटिङ पर्फमेन्स उपलब्ध गराउँछ भने सोलारियम केयर सिरिजले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो हट वाटर सलुसन प्रदान गर्छ।
क्रम्प्टनका दुवै नयाँ मोडेलमा रोबस्ट ग्लासलाइन कोटिङ, एलईडी वाटर टेम्प्रेचर नोटिफिकेसन, एन्टिस्केल टेक्नोलोजी र ३ बाथिङ मोडहरुजस्ता विशेषता रहेका छन्।
अकेन्जा प्लस सिरिजमा स्मार्ट इनर्जी मेनेजमेन्ट टेक्नोलोजी समावेश गरिएको छ। यसले ऊर्जा खपतलाई अनुकूल बनाई हिटिङ पर्फमेन्स अझ कुशल बनाउँछ। आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम हिटिङ सोलुसनका रूपमा यो मोडेल प्रस्तुत गरिएको छ।
त्यसैगरी सोलारियम केयर सिरिजमा फाइभस्टार इनर्जी रेटिङ समावेश गरिएको छ। यसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागतमैत्री हिटिङ अनुभव प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।
देशभरका सीजी डिजिटल शो–रूमहरू, सीजी इलेक्ट्रोनिक्स डिलर नेटवर्क, तथा प्रमुख ई–कमर्स प्लेटफर्महरूमा नयाँ क्रम्प्टन गिजरहरूको बिक्री सुरु गरिएको छ। सीजी इलेक्ट्रोनिक्सले आफटर सेल सर्भिस, इन्स्टलेसन सपोर्ट तथा स्पेयर पार्ट्स उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ।
Shares

प्रतिक्रिया