कारोबार


अब नमस्ते पेबाटै बस टिकट काट्न सकिने

अब नमस्ते पेबाटै बस टिकट काट्न सकिने

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १३:१३, काठमाडौँ

डिजिटल भुक्तानी सेवाप्रदायक नमस्ते पेले बस टिकटिङ सुविधा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

यो सुविधा १० नोभेम्बर २०२५ देखि एन्ड्रोइड र आईओएस दुवै संस्करणमा उपलब्ध भएको छ।

नयाँ सुविधामार्फत प्रयोगकर्ताले देशभरका विभिन्न मार्गका बस तथा हाएस टिकट सहजै खोज्न तुलना गर्न सक्नेछन्।

अब यात्राका लागि काउन्टर धाउनुपर्ने वा तेस्रो पक्षको प्लेटफर्ममा निर्भर हुनुपर्ने आवश्यकता हटेको नमस्ते पेले जनाएको छ। यसले अन्तर्सहर तथा लामो दूरीको यात्रा अझ सरल, छरितो र विश्वासिलो बनाएको कम्पनीको दाबी छ। 

बस टिकटिङ सेवाको सुरुवातले नमस्ते पेले लक्ष्य बनाएको पूर्ण डिजिटल जीवनशैली प्लेटफर्म बन्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ। दैनिक भुक्तानीदेखि यात्रासम्बन्धी कामसम्म एउटै एपबाट सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने नमस्ते पेको प्रतिबद्धता यसले झनै मजबुत पारेको छ।

प्रयोगकर्ताले नमस्ते पे एपको 'बस टिकट' सेक्सनमा गएर सेवा उपयोग गर्न सक्छन् र भुक्तानी वालेट ब्यालेन्स वा लिंक गरिएको बैंक खातामार्फत सजिलै गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad