सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला”का लक्की ड्र विजेताहरुको घोषणा गरिएको छ।
नोभेम्बर १४, २०२५ -कार्तिक २८_ मा आयोजित टाटा जेन्युन पार्ट्स टाइगर्स मिट २०२५ कार्यक्रममा विशेष रुपमा लक्की ड्रका विजेताहरू घोषणा गरिएका थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।
कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भाग्यशाली विजेताहरू छानेका थिए।
यस वर्षको लक्की ड्रमा बम्पर पुरस्कार अन्तर्गत बजाज पल्सर १५० सीसी मोटरसाइकल इस्टर्न रोडलाइफले जित्न सफल भएको कम्पनीले जनाएको छ। इस्टर्नले टाटा जेन्युइन पार्ट्स बंगलामुखी मोटर ट्रेडर्स विराटनगरबाट खरिद गरेको थियो।
त्यसैगरी दोस्रो ठूलो पुरस्कार टीभीएस एनटर्क १२५ सीसी काठमाडौँको कुलेश्वरस्थित विज्ञान अटोमोबाइल्सबाट खरिद गर्ने ग्राहक सगर राउतले हात पारे। स्मार्ट टिभीको पुरस्कार गोयन्का फुड्स प्रालिले जितेको छ। उसले बुटवलस्थित गण्डकी अटो ट्रेडिङबाट किनेको थियो। यस्तै, स्मार्टफोन वन्डरल्यान्ड बोर्डिङ स्कुलले जितेको छ। सो स्कुलले दमकको एसटी ट्रेडर्समार्फत खरिद गरेको थियो।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र उत्कृष्ट प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्। यी सबै कारणले ग्राहकहरूको विश्वास र रुचि दिनप्रतिदिन बढ्दै गएको छ।
सिप्रदी अटोपार्ट्स प्रा.लि. ले नेपालभर गुणस्तरीय सक्कली पार्ट्स उपलब्ध गराउँदै, भरपर्दो बिक्रीपछिको सेवा र ग्राहकमैत्री योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।


Shares

प्रतिक्रिया