राजनीति


शंकर पोखरेल र महेश बस्नेतसहितलाई सिमरा जान रोकेपछि सरकारमाथि विश्वप्रकाशको प्रश्न

शंकर पोखरेल र महेश बस्नेतसहितलाई सिमरा जान रोकेपछि सरकारमाथि विश्वप्रकाशको प्रश्न

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १३:२३, काठमाडौँ

शंकर पोखरेल, महेश बस्नेत सिमरा जान नपाएको विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत शर्माले सिमरा घटना दु:खद् भन्दै नेताहरूको भ्रमणको वातावरण नभए कसरी चुनाव हुन्छ भनेर सोधेका हुन्।  

'सिमरा घटना दु:खद्! प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?' उनले सोधेका छन्।  

त्यस्तै उनले सामाजिक सञ्जाल निषेधविरुद्ध उभिएको जेनजी कसैको समाज भ्रमणको अधिकारविरुद्ध उभिएको भन्दै निषेधको राजनीति नगर्न भनेका छन्। 

'सामाजिक संजाल निषेधविरुद्ध उभिने जेनजी कसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन्। अत: सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं' उनले थप भनेका छन्। 

पोखरेल, बस्नेतसहितका नेता सिमरा विमानस्थल आउने थाहा पाएपछि विमास्थलमै जेनजीले प्रदर्शन गरेका थिए। त्यसपछि काठमाडौँबाट त्यहाँस्थित हुने उडानसमेत रोकिएको थियो। 

जेनजीले प्रदर्शन जारी राखेपछि  बारा जिल्ला प्रशासनले दिउँसो १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कर्फ्यु लगाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad