कारोबार


एआई–सञ्चालित एयर फ्रायर बजारमा, मूल्य कति?

एआई–सञ्चालित एयर फ्रायर बजारमा, मूल्य कति?

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १५:३, काठमाडौँ

सीजीले आफ्नो घरायसी उपकरण ब्रान्डअन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ।

आधुनिक नेपाली भान्साको सुविधा , समय बचत र  र स्वास्थ्यलाई ध्यानमा राख्दै  गरिएको सीजी मेरिडिया स्मार्ट एयर फ्रायर मोडेल सीजीएमआरएएफ८एलएआईले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको कम्पनीको दाबी छ।

सीजीएमआरएएफ८एलएआई नेपालको पहिलो एआई एयर फ्रायर हो। यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ। यो नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता र इन्टेन्ट अफ थिंग्स प्रविधि संयोजन भएको एयर फ्रायर हो। यसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरूमार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ।

त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्छ, जसले हरेक पटक उत्तम र सटीक परिणाम सुनिश्चित गर्छ।

साथै, यस उपकरणलाई सीजी स्मार्ट होम एपमार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा प्राप्त गर्छन्।

कम्पनीका प्रतिनिधिहरूका अनुसार, सीजी ब्रान्डले उच्चस्तरीय उत्पादनहरू बजारमा ल्याउन प्रतिबद्धता जनाउँदै आएको छ। प्रविधिको प्रगतिलाई र बजारको आवश्यकता अनुसार, सीजी मेरिडियाले नेपालमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने प्रयास गरेको छ । सीजी मेरिडिया स्मार्ट एयर फ्रायरले एआई प्रणाली, स्मार्ट सेन्सर, क्यामेरा–आधारित फुड डिटेक्सन र आईओटी कनेक्टिभिटीको संयोजनमार्फत नेपालमा नयाँ स्तरको घरेलु प्रविधि ल्याएको छ। 

यो प्रणालीले प्रत्येक पकाइमा तापक्रम, समय र मोडलाई स्वतः समायोजन गरी हरेक पटक उत्तम, स्वस्थ र स्वादिष्ट परिणाम सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। यसको प्रयोग पनि अत्यन्तै सरल र प्रयोगकर्तामैत्री छ, जसका कारण सबैले यसलाई सजिलै प्रयोग गर्न सक्छन्।
सीजीएमआरएएफ८एलएआईको अधिकतम खुद्रा मूल्य १६ हजार १४० रुपैयाँ निर्धारण गरिएको छ।

यो एयर फ्रायर देशभरका सबै सीजी डिजिटल आउटलेटहरूका साथै अन्य खुद्रा स्टोरहरू, तथा कम्पनीको आधिकारिक वेबसाइट मार्फत पनि सहजै खरिद गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad