सामसङ नेपालले ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा प्रस्तुत गरेको छ।
यो ट्याब ग्यालेक्सी एआई र वान यूआई ८ द्वारा सञ्चालित छ। यसले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिने कम्पनीको दाबी छ। यो ट्याब नजिकैको स्टोरमा १ लाख २९ हजार ९ सय ९९ (१२जीबी/२५६जीबी) मा उपलब्ध छ।
सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब एस११ मा वान यूआई ८भित्र नै बहुआयामिक ग्यालेक्सी एआई क्षमता निर्मित गरिएको छ। जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ।
जेमिनी लाइभ (रियल–टाइम स्क्रिन शेयरिङ), ड्रविङ असिस्ट, राइटिङ असिस्ट र सर्कल टु सर्च जस्ता उपकरणहरूले प्रयोगकर्तालाई विना सम्झौता काम, अध्ययन र आत्म–अभिव्यक्तिमा सशक्त बनाउँछन्।
ग्यालेक्सी ट्याब एस११ मा ११.० इन्चको उच्च– डेफिनिसन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ एनएम प्रोसेसर छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ। यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको एस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।
थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ सामसङ डेक्स एक्सटेन्डेड मोड पनि समावेश छ, जसले ट्याब एस११ र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ। साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ। गुडनोट्स, क्लिप स्टुडियो पेन्ट, लुमाफ्युजन र नोसनजस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब एस११ लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी साथी बनाउँछ।
सामसङ नेपालका एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले ग्यालेक्सी ट्याब एस११ मार्फत हामी नेपालका युवा पेशेवर र सिर्जनाकर्मीहरूलाई प्रिमियम उत्पादकता र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गरेको बताए।
ग्यालेक्सी ट्याब एस११ अहिले देशभरका अधिकृत सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध छ। साथै, हुलास फिनर्भ हायर पर्चेस लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पसहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया