कारोबार


जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

नेपालखबर
भदौ १, २०८२ आइतबार १७:३३, काठमाडौँ

काठमाडौं महानगरपालिका २२, न्युरोडको जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच व्यावसायिक सम्झौता भएको छ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५ प्रतिशत, म्याकबुकमा ५ प्रतिशत र एसेसरिजहरुमा २० प्रतिशत छुट पाउनेछन्। क्रेडिट कार्ड वाहकहरुले इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन्।

सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोरका कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad